मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित

एजेन्सी। संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सोमबार १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

“यदि कार्यान्वयन गरियो भने यो भोकमरी र चरम भोकमरीको सामना गरिरहेका लाखौँ मानिसलाई मृत्युदण्डको सजाय हुनसक्छ”, डब्लुएफपीले एक्समा एक विज्ञप्तिमा भन्यो । एजेन्सीले आफ्नो जीवन–रक्षक कार्यक्रमहरूको निरन्तर समर्थनका लागि स्पष्टीकरण र अपिल गर्न हाल अमेरिकी सरकारसँग सम्पर्कमा रहेको बताएको छ ।

डब्लुएफपीले संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय दाताहरूबाट प्राप्त गरेको योगदानलाई स्वीकार गरेको छ र कृतज्ञता व्यक्त गरेको छ । साथै एजेन्सीले ‘विश्वभरका भोकमरी र कमजोर समुदायहरूलाई महत्त्वपूर्ण खाद्य सहायता’ प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।

अमेरिकाले अफगानिस्तान, यमन र अन्य १२ देशका लागि खाद्यान्न सहयोगसहित बाँकी रहेका अधिकांश सहायता रद्द गर्ने निर्णय गरेको अमेरिकी विदेश मन्त्रालय तथा एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्टका सहायता स्रोतहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?