मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेङ्लुरुका कप्तान रजतलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

काठमाडौँ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा बेङ्लुरुले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।

‘आइपिएलको न्युनतम ओभर रेट सम्बिन्धी आचरसंहिता अन्तर्गत यो सिजन रोयल च्यालेन्जर्स बेङ्लुरुको पहिलो गल्ती भएकाले टोलीका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनी यस सिजन स्लो ओरभ रेटिङका कारण जरिवाना भोग्ने चौथो कप्तान हुन्। यसअघि राजस्थान रोयल्सका कार्यबहाक कप्तान रियान पराग, मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेया र लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई जरिवाना लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?