मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

काठमाडौँ – बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ । गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।

ढाका महानगरीय सत्र न्यायाधीश मोहम्मद जाकिर हुसेनले वकिलहरूलाई जमानत दिन अस्वीकार गर्दै उनीहरूलाई जेल पठाउन आदेश दिएका हुन्। नौ महिला वकिल र ढाका बार एसोसिएसनका पूर्व अध्यक्ष अबु सैयद सागरलाई भने जमानत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?