काठमाडौं। विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएको छ ।
आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो ।
बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया