मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजबाट हलमा लागे ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’

काठमाडौँ। फागु पूर्णिमाको अवसरमा आज दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। बायोपिक फिल्म ‘अञ्जिला’ र एक्सन फिल्म ‘आउटलः दफा २१९’ हलमा लागेका हुन्।

‘अञ्जिला’लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चलचित्र ‘अञ्जिला’ नेपाली फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनसंघर्ष र सफलताको कथा हो ।

यो चलचित्रमा मुख्य भूमिकामा एञ्जिलासँगै दयाहाङ राई, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

एक्सन जनरामा आधारित चलचित्र ‘आउट लः दफा २१९’लाई विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ । चलचित्रलाई अमित अग्रहरिले निर्माण गरेका हुन् ।

चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेललगायत कलाकारको अभिनय छ । एक्सनप्रधान यस चलचित्रले सामाजिक मुद्दालाई पनि उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?