काठमाडौँ। कृषा चौलागाई निर्देशित चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ ।
अभिनेता प्रदीप खड्काले सोमबार आफ्नो ३३औँ जन्मदिन मनाउँदैछन् । ललितपुरको कुसुन्तीमा २०४८ मा जन्मिएका उनको रिलिजको तयारीमा रहेको फिल्म हो ‘पिताम्बर’ ।
करिब एक मिनेटको टिजरमा उनका दृश्यले मात्र प्राथमिकता पाएका छन् । समेटिएका केही दृश्यमा उनको एक्सन रहेको छ भने केहीमा उनी सामान्य अवस्थामा छन् ।
नयाँ वर्षको छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपका अलवा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष लगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया