मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘होली सररर’ गीतमा आर्यन सिग्देल र बिना राउतको विशेष प्रस्तुति

काठमाडौँ। गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माले होली पर्वको अवसरमा नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् ।

गीतमा समीक्षा अधिकारी रुद्रसेनसँगै स्वरमा छन् भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ । गीतको भिडियो ओम प्रसाईले छायांकन गरेका छन् । सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन् भने नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।

गायक रुद्रसेनले भने, “होली पर्वलाई झन् रमाइलो बनाउन ‘होली सररर’ ल्याएको छु । आशा छ, दर्शकलाई मनपर्नेछ ।” गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?