काठमाडौँ – जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् । युएईको दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २स् ४५ बजे देखि शुरु हुने छन् ।
भारत र न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगिसकेको भएपनि यस खेलबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छन् ।
दुवै देशले यस अघिका आफ्ना २(२ खेलमा जित हासिल गरेर समान ४(४ अंकसहित न्यूजील्याण्ड शिर्ष स्थानमा छ भने भारत रनरेटको आधारमा दोस्रो स्थानमा छ ।
भारत र न्यूजील्याण्डबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दै दुवै देश अहिलेसम्म ११८ खेल खेलेका छन् । जसमा भारतले ६० खेलमा जित हासिल गरेको छ भने न्यूजील्याण्डले ५० खेलमा जित हासिल गरेको छ । त्यसैगरी ७ खेलको कुनै नतिजा आएको थिएन भने एक खेल बराबरी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया