मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कप्तान एन्जिला क्लब ड्युटीका लागि ग्रिस प्रस्थान

काठमाडौँ – राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन् ।

एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।

यस अघि विहिबार राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका थिए ।

पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?