मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि जनकपुरमा चिकित्सकको राष्ट्रिय सम्मेलन सुरु

धनुषा – स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यले आयोजित चिकित्सकको राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा सुरु भएको छ ।

विशेषज्ञ चिकित्सकहरुको छाता सङ्गठन सिमोनद्वारा आयोजित सो सम्मेलनको वरिष्ठ चिकित्सक डा अशोकानन्द मिश्रले उद्घाटन गरे । सिमोनको आयोजना र मधेस प्रदेश च्याप्टरको स्थानीय सहयोगमा दुई दिने सम्मेलन सुरु भएको हो । यो सम्मेलनले चिकित्सकहरुको ज्ञान र क्षमता अभिवृद्धि गर्ने रहेको बताइएको छ ।

सम्मेलनमा देशभरका विशेषज्ञ फिजिसियन चिकित्सक सहभागी रहेको सम्मेलनमा ५० कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछन् । पहिलो पटक जनकपुरधाममा आयोजना भएको सम्मेलनमा भाग लिनका लागि करिब चार सयभन्दा बढी चिकित्सकको उपस्थिति रहेकोे छ ।

सम्मेलनमा नेपाल भरिका चिकित्सकले तयार गरेको शोधपत्र र नयाँ अनुसन्धानको प्रस्तुतीकरण हुने तथा यसले चिकित्सकको ज्ञानमा अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ । सिमोनको छैटौँ राष्ट्रिय सम्मेलनले चिकित्सकको बीचमा विचार विनिमयको अवसर सिर्जना गर्ने र चिकित्सकीय अनुसन्धानमा नयाँ सोच ल्याउने जनाइएको छ ।

सिमोनका मधेस प्रदेश च्याप्टरका सचिव रमण मिश्रले स्वास्थ्य उपचारका क्षेत्रमा चिकित्सकको आपसी सहयोग र समन्वय हुने उदेश्यका साथ यो कार्यक्रम गरिएको बताए । यसअघि नेपालका विभिन्न भागमा यस संस्थाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएको सिमोनका मधेस प्रदेश च्याप्टरका अध्यक्ष चिकित्सक कूलदीप पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?