मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रुसले किन राख्यो बियरको बोटलमा माहात्मा गान्धीको फोटो ?

काठमाडौँ – रुसको एक बियर उत्पादन गर्ने कम्पनीले आफ्नो बियरको क्यानमा महात्मा गान्धीको तस्बिर राखेको छ ।

यसको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । यसमा एक व्यक्तिले यसो भनेको सुनिएको थियो, ‘यहाँ महात्मा गान्धीको नाममा बियर बेचिन्छ र जबकी भारतीयहरूले आफ्नो मुद्रामा छाप्छन् ।’

यो बियर उत्पादन गर्ने कम्पनीको नाम रिभोर्ट हो। सामाजिक सञ्जालमा मानिसहरुले यसको आलोचना गरिरहेका छन् । मानिसहरू भन्छन्, यो महात्मा गान्धीको अपमान हो किनभने उनी सधै रक्सीबाट टाढा रहेका थिए ।

एक क्तिले ट्वीटरमा पीएम मोदीलाई यस विषयमा हस्तक्षेप गर्न र यस बियरको क्यानबाट महात्मा गान्धीको तस्बिर हटाउन अपील गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?