मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने

काठमाडौँ – चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५ गतेसम्म प्रदेश राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ । 

समावेशी सिद्धान्तका आधारमा मधेश प्रदेशका आठ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको ‘वेबसाइट’ www.flim.gov.np बाट ‘डाउनलोड’ गरी ‘इमेल’ ठेगाना [email protected]  मा पठाउन सकिनेछ । 

युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखनसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी मधेशको मौलिक एवं यथार्थपरक कथा उजागर गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

उनका अनुसार मधेशको चलचित्रकर्मीको राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित बोर्डले मधेशमा विशेष अभियान सञ्चालनको तयारी गरेको छ । यसै अभियान अन्तर्गत पटकथा लेखन तालिम सञ्चालन गर्न लागिएकोे अध्यक्ष डिसीले बताए ।

तालिम संयोजक एवं बोर्ड सदस्य केएल बुढाथोकीले तालिमका क्रममा प्रशिक्षार्थीबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्यमबाट प्रस्तुतीकरणका लागि पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?