काठमाडौँ- बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार चाँदीको मूल्य भने भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा १ सय रुपैयाँ घटेको छ । बुधबार १ लाख ६० हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य भने ३० रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया