गोविन्दाकी छोरी टिना जस्तै के तपाई पनि आफ्नो बढ्दो पेटको चिन्तामा हुनुहुन्छ ?

काठमाडौँ – बलिउड अभिनेता गोविन्दाकी छोरी टीना आहुजा आफ्नो ग्ल्यामरस स्टाइलका कारण सामाजिक सञ्जालमा चर्चामा छिन् । पुराना दिनहरू सम्झँदै उनी एक अन्तर्वार्तामा भन्छिन्, आफू १५–१६ वर्षकी हुँदा मेरो तौल नबढोस् भनेर मेरो बुबाले विशेष ख्याल गर्नुहुन्थ्यो ।

त्यसयता उनका बुबा गोविन्दा छोरीको फिटनेसलाई लिएर निकै सचेत थिए । एक अन्तर्वार्तामा उनले छोरीको तौल नियन्त्रणमा रहोस् भन्ने कुरामा उनका बुबाले पूर्ण ख्याल राखेको बताइन् । किनभने त्यो समयमा टिना केही स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी थिइन् ।

टीना आहुजाले तौलबारे यसो भनिन्

टीना आहुजाले केही स्वास्थ्य समस्याका कारण अचानक तौल धेरै बढेको तर बुबाले उनको फिटनेसको विशेष ख्याल राखेको बताइन् । गोविन्दाले अक्सर आफ्नी छोरीलाई आफ्नो तौल नियन्त्रणमा राख्न भन्छन् । म मोटो भएँ भने बुवाले तुरुन्तै तिम्रो पेट बढ्दै गयाे भनेर बताउनुहुन्छ उनले भनिन्।

टिना भन्छिन्, ‘मलाई याद छ, म बुवाको एउटा सुटिङको क्रममा स्वीट्जरल्याण्ड गएकी थिएँ । मलाई त्यहाँको दूध एकदमै मन पर्यो। स्विट्जरल्याण्डबाट लन्डन पुग्दा बुवा सुटिङ गरिरहनु भएकाे थियाे र म दूध र हट चकलेट पिइरहेको थिएँ । त्यतिन्जेलसम्म मेरो पाइन्टले मलाई फिट गरिरहेको थिएन। बुवाले देखेपछि केटीहरू सुन्दर देखिन तौल नियन्त्रणमा राख्नुपर्छ भन्नुभयो ।

उनले आफ्नो तौल बढेपछि बुवासँग यसबारे कुरा गर्थिन्, तौल घटाउनका लागि स–साना उपाय अपनाउनुपर्ने कुरा बुबाले नै बताउनुभएको उनले बताइन् । टीनाले यसअघि एक अन्तर्वार्तामा दुर्घटनाका कारण गम्भीर संक्रमण र चोटपटक लागेको खुलासा गरेकी थिइन् । जसका कारण उनको तौल निकै बढेको थियो । टीना जस्तै यदि तपाई पनि बढ्दो तौलसँग संघर्ष गरिरहनु भएको छ भने तपाईले यी उपाय अपनाउन सक्नुहुन्छ ।

पेटको बोसो घटाउन अपनाउनुहोस् यो विशेष उपाय

एरोबिक व्यायाम
हिड्ने, दौडने, पौडी खेल्ने, नाच्ने, साइकल चलाउने वा खेल खेल्ने जस्ता हृदय गति बढाउने गतिविधिहरू। यसले क्यालोरीहरू जलाउँछ र चयापचय बढाउँछ।

योगा
पेटको बोसो घटाउन नौकासन, भुजंगासन, धनुरासन, प्लांक पोज, उस्त्रासन र कपालभाती जस्ता योग आसनहरू गर्नाले मद्दत गर्न सक्छ। तौल उठाएर, सिट-अप गरेर वा न्यूनतम दोहोर्याएर भारी तौल उठाएर मांसपेशीको विकास गर्न सकिन्छ।

वजन प्रशिक्षण
मांसपेशीले बोसो भन्दा बढी क्यालोरी जलाउँछ।

बेन्च व्यायाम
समतल बेन्चमा बसेर, हातले कुनाहरू समातेर, आफ्नो घुँडालाई ९० डिग्रीमा झुकाउनुहोस् र तिनीहरूलाई आफ्नो अनुहारतिर तान्नुहोस्।

फ्लटर किक
यो अभ्यासले मुख्य मांसपेशिहरु, विशेष गरी तल्लो पेट को मांसपेशिहरु लाई बलियो बनाउँछ।

साइड झुकाउने
खुट्टा सँगै उभिएर, सास लिँदा दुवै हातलाई सीधा माथि उठाउनुहोस्। यसका अलावा स्वस्थकर खानाले पेटको बोसो घटाउन पनि मद्दत गर्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन र फाइबर हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?