मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘वर्ल्ड अफ डान्स’ प्रतियोगिता हुने

काठमाडौँ– वर्ल्ड अफ डान्सको फ्रेन्चाइज नेपाल क्वालिफायर्सको आयोजनामा ‘वर्ल्ड अफ डान्स’ प्रतियोगिता हुने भएको छ ।

आयोजक पक्षले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएकाे हाे ।

यहि माघ २४ गते काठमाडौँ, ठमेलस्थित होटेल अलफ्टमा हुने प्रतियोगितामा देशैभरीका नृत्य क्षेत्रका कलाकारहरु सहभागी गराउने आयोजक पक्षको लक्ष्य छ ।

लुकेर बसेका प्रतिभाहरुलाई बाहिर ल्याइ नृत्यका माध्यममा देशको कला, संस्कृतिलाई उजागर गर्ने हेतुले मण्डला इन्टरटेनमेन्ट्सले प्रतिगोगितालाई नेपालमा पनि गर्न लागेकाे हाे ।

जसमा २५ भन्दा बढी देशहरुबाट एक लाखभन्दा बढी नृत्य कलाकारहरुले सहभागिता जनाउँदै आएका छन् ।
आयोजक टिमका अनुसार डिजिटल अडिसनमार्फत देशैभरीका तीन सय भन्दा बढी कलाकारहरुले आवेदन दिएका छन् ।

प्रतियोगितामा अपर टिम डिभिजन, सिनियर टिम र जुनियर टिम डिभिजन गरी तीन विधाहरु हुनेछन् ।
तीन विधामा गरिने प्रतियोगिताको दायरामा रहेर निशान गौचन, जेडी तमु र मुकेश ढकालकाे निर्णायक मण्डलले १० वटा समूह छनोट गर्ने बताइएको छ ।

प्रतियोगितामा विजेताहरुले नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी मुख्य तीन विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताहरुले अमेरिकामा आगामी जुलाई १६ देखि २१ सम्म हुने वर्ल्ड अफ डान्सको फाइनलमा नेपालबाट प्रतिनिधित्व गरेर सहभागिता जनाउनेछन् ।

प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?