काठमाडाैँ- ललितपुर महालक्ष्मीस्थानस्थित थिएटर भिलेज नेपालमा पुस २६ गतेदेखि माघ १२ गतेसम्म नाटक ‘द स्ट्रङ्गर’ मञ्चन हुने भएकाे छ ।
जेनी सुनुवारको निर्देशनमा निर्माण गरिएकाे नाटकले सत्ता-शक्ति, पहिचान र महिलामाथिका सामाजिक अपेक्षाहरूको अवधारणामाथि प्रश्न गर्ने उद्देश्य राखेकाे नाट्य समूहले जनाएकाे छ ।
नाटकलाई अगस्ट स्ट्राइन्डबर्गले सन् १८८९ मा लेखेका हुन् । शारीरिक प्रस्तुतिमार्फत नाटकले नाटकले ऐतिहासिक रूपमा महिलाहरूलाई प्रदान गरिएको अपेक्षित पारम्परिक भूमिकाहरुमाथि प्रश्न गर्दै समाजले परिभाषित गरेका सत्ता-शक्ति, सौन्दर्य र प्रभावका स्थापत्यहरुमाथि आलोचनात्मक मत राखेको छ ।
समूहका अनुसार नाटकमा कलाकारको चाल, हाउभाउ र विभिन्न नाट्यसामग्रीहरुमार्फत जटिलभन्दा जटिल विषयवस्तुहरुलाई पनि सहजतापूर्वक प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।
नाटकमा कलाकारहरु जेनी सुनुवार, सरगम राई, सन्जीव राई र बालाहाङ राईकाे अभिनय रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया