मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रौतहटमा इ रिक्सावालले यात्रु बोक्न छाडेर काँचा दाउरा बोक्न थाले

रौतहट – जाडो बढेसँगै रौतहटको जङ्गलमा काँचा सालका लास र काट्नेको लर्को लाग्न थालेको छ । वन कर्मचारीले नियमित रूपमा बन गस्ती नगरेका कारण पछिल्लो समय रौतहटको वनबाट काटिने क्रम तीब्र रुपमा बढेको छ ।

पछिल्लो समय यात्रु बोक्ने ई-रिक्सा र साइकलमा काँचा लाचरा काटेर लानेहरूको संख्या बढ्दै जान थालेको छ । चाँदी खोला पूर्वको रेलवे ड्याममा दैनिक सयौं साइकल र रिक्सा काचा दाउरा काट्दै गरेको देख्न सकिन्छ ।

जिल्लाको दक्षिणी भेगबाट साइकल ई रिक्सामा आउने सर्वसाधारणले रेलवे ड्याममा साइकल र इ रिक्सा राखेर जङ्गलभित्र छिरी काँचा लाथ्रा काटेर लाने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

पछिल्लो समय यात्रु बोक्नुपर्ने रिक्साहरू धेरै कमाई हुने लोभमा जङ्गल छिरेर काठ दाउरा ल्याएर बिक्री वितरण गर्दै आएका छन् । एक रिक्सा दाउरा पछिल्लो समय चन्द्रनिगाहपुरको बजारमा ३५०० देखि ४००० सम्ममा बिक्री हुने भए पछि यात्रु बोक्न छोडेर रिक्साहरु काँचाँ दाउरा बोक्न थालेका हुन् ।

रिक्सा र साइकल वालाका कारण पछिल्लो समय जिल्लाको विभिन्न स्थानको राष्ट्रिय वनमा व्यापक रूपमा हानि नोक्सानी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश शाहले डिभिजन वन कार्यालयका कर्मचारीको आँखा छलेर रिक्सा र साइकलमा दाउरा लगेको हुन सक्ने बताएका छन् ।

दाउरा सहित फेला परेका रिक्साहरूलाई वन कर्मचारीले जरिवना गरेर छाड्ने गरेको शाहले बताए । जाडो याम सुरु हुना साथ साइकल र रिक्सामा वनमा प्रवेश गर्नेहरूले काँचा सालका लाथ्राहरु काटिएर लाने गरेका कारण वनमा हानि नोक्सानी बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले चिन्ता जाहेर गरेका छन् ।

विगत लामो समयदेखि वन कर्मचारीहरूले नियमित रूपमा वन गस्ती गर्न छाडेर दिनभर डिभिजन वन कार्यालयमै बस्ने गरेका कारण जिल्लाको वनमा हानि नोक्सानी बढेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

डिभिजन वन कार्यालय रौतहटले भने नियमित रूपमा गस्तीमा सहभागी नहुने वन कर्मचारीहरूको सरुवा गर्नेदेखि उनीहरुलाई नसियत दिने काम समेत भइरहेको दाबी गर्दै आएको छ । रौतहटको वनमा स्थानीय वन कर्मचारीकै कारण हानि नोक्सानी बढेको भन्दै वन कर्मचारीको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?