मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धरानमा कवि शिरोमणिको एक सय ४१औँ जन्मजयन्ती मनाइयो

धरान ‘सुनसरी’ – कविशिरोमणि लेखनाथ पौडेलको एक सय ४१औँ जन्मजयन्तीका अवसरमा आज धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ ।

कविशिरोमणि साहित्य साधना समाजद्वारा आज आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङले कविशिरोमणि पौडेलको शालिकमा माल्यार्पण गरे । उनले हुकुमी शासनका बेला कवि पौडेलले नेपाली साहित्यको श्रीवृद्धिमा सामाजिक, राजनीति परिवर्तनको सन्देश प्रवाह गरेको बताए ।

कवि पौडेलका कविताहरू कालजयी रहेको प्राडा गोपाल भण्डारीको भनाइ छ । सामाजिक र नैतिक मूल्यको सन्दर्भमा उनका कविताहरू अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले उनका कवितामा मानव जीवनका विविध पक्षहरू समेटिएको बताए ।

आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उनले गरेको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाइँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?