मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाँच मिनेटमै मानसिक तनाव घटाउन कार्यालयको कुुर्सीमा बसेर यसरी गर्नुहोस् ध्यान

काठमाडौँ– मानिसका लागि शारीरिक सँगै मानसिक स्वास्थ्यको पनि उत्तिकै आवश्यकता छ । पछिल्लो समय व्यस्त दैनिकीले  मानसिक स्वास्थ्यका लागि चाहिने ध्यान तथा योगासन गर्ने समय मिलाउन निकै कठिन छ । तर तपाईंले कार्यालयमा कुुर्सीमा बसेर पनि मानसिक स्वास्थ्य तन्दुरुस्त बनाउन ध्यान गर्न सक्नुहुन्छ ।

जसबाट तपाईंले पाँच मिनेटमै मानसिक तनाव घटाउन सक्नुहुन्छ । यसले तपाईं शारीरिक तथा मानसिक रुपमा स्वस्थ मात्र होइन, कार्यालयको काममा समेत ध्यान केन्द्रीत गर्न सक्नुहुन्छ । यसका कार्यालयमा कुनै शान्त स्थान र कुनै समय व्यवस्थापन गर्नुपर्छ । त्यसकारण हामी कार्यालयको कुुर्सीमा बसेर कसरी ध्यान गर्ने भन्ने बारे चर्चा गर्छौं ।

कार्यालयमा ध्यान गर्ने तरिका

–आफ्नो कुर्सीमा सिधा बसेर आँखा बन्द गर्नुहोस् । गहिरो सास लिएर ध्यान त्यसतर्फ केन्द्रीत गर्नहोस् र बिस्तारै पहिलेकै स्थितिमा फर्कनुहोस् । यो अभ्यास दिनमा पाँच÷दश पटक गरेमा तपाईंलाई मानसिक तनावमा राहत महसूस हुन्छ ।

–कुनै स्थानमा गएर कुर्सीमा बस्नुहोस् र बिस्तारै लामो सास लिनुहोस् र छोड्ने गर्नुहोस् । यो क्रम दिनमा १० पटक मात्र गरेमा तपाईंलाई मानसिक तनाव कम हुन्छ ।

–आफ्नो कुर्सीमा आरामसँग बसेर र उठेर शरीरका अंगप्रत्यंगहरुमा ध्यान दिनुहोस् । जहाँ र जुन स्थितिमा तपाईंलाई तनाव छ, त्यसलाई निकाल्ने कोसिस गर्नुहोस् ।

–कार्यालयकै परिसरमा थोरै समय हिँडडुल गर्ने प्रयास गर्नुहोस् । यस अवधिमा आफ्नो गतिविधिमा ध्यान दिनुहोस् । यसले तपाईंमा ऊर्जा पैदा हुन्छ र तनाव कम गराउँछ ।

–आफ्नो कुर्सीमा दुई मिनेटसम्म आँखा चिम्लेर आरामले बस्नुहोस् । यस अवधिमा आएका राम्रा र नराम्रा सबै विचारहरुलाई स्वीकार गर्नुहोस् । यसले पनि तपाईंको मुड फ्रेस बनाउँछ । 

ध्यानबाट हुने फाइदाहरु

–तनाव कम गराउँछ ।

–ध्यान केन्द्रीत बनाउँछ ।

–ऊर्जा प्रदान गर्छ ।

–मानसिक रुपमा स्वस्थ बनाउँछ ।

–रचनात्मक र क्षमतामा वृद्धि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?