मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एआईको दुरुपयोग गरी आफ्नो चरित्र हत्या गरेको भन्दै समीक्षाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौँ– एआईको प्रयोग गरी आफ्नो चरित्र हत्या गरेको भन्दै गायिका समीक्षा अधिकारीले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।

उनले आफ्नो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी भिडियो सिर्जना गरेर सामाजिक सञ्जालमा अपलोड गरिएको भन्दै उजुरी दिएकी हुन् । उजुरीमा उनले एआई र कम्प्युटरको दुरुपयोग गरी सामाजिक सञ्जालमा बेइज्जत र प्रतिष्ठामा आँच आउने गरी गैरकानुनी रुपबाट फेसबूक लगायतका सामाजिक सञ्जालबाट आफ्नो बदनाम गराउने खोजेको उल्लेख गरेकी छिन् ।

‘मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध साइबर ब्यूरोमा निवेदन दिएकी छु, मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्ने गरी राखिएका यस्ता प्रकारका भिडियोले समाज र राष्ट्रलाई नै असर पर्छ,’ समीक्षाले सामाजिक सञ्जाल फेसबूकमार्फत भनेकी छिन्, ‘साइबर ब्यूरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारवाही गर्ने जानकारी पाएकी छु । कृपया सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जीवनलाई असर पर्ने गरी गैरकानूनी क्रियाकलाप नगरीदिनुहुन अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?