मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माछाका परिकार किन खाने? हामीलाई के फाइदा हुन्छ?

काठमाडौँ– माछामा उच्च क्वालिटीको प्रोटिन पाइन्छ । यसका साथै माछामा ओमेगा ३, फैटी एसिड, भिटामिन डी, भिटामिन बी २, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम र पोटासियम जस्ता फ्याटहरु पाइने गर्छ । यसका साथै माछाले डिप्रेसन र टाइप एक सुगरको खतरालाई पनि कम गर्छ ।

माछालाई दुनियाँकै सबैभन्दा स्वस्थकर खानेकुराका रुपमा लिने गरिन्छ । जसमा धेरै पोषक तत्वहरु पनि पाइने गर्छ । यसका साथै माछाको सेवनले स्वास्थमा पनि सकरात्मक असर पार्ने गर्छ ।

अमेरिकामा भएको एक अनुसन्धानका अनुसार प्रत्येक हप्ताको एक दिन माछाको सेवन गर्नु राम्रो मानिन्छ । यस्ता छन् माछा सेवनका फाइदाहरू:

दिमागका लागि फाइदाजनक

माछामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । जुन हाम्रो दिमागको लागि निकै फाइदाजनक छ । साथै मानव मस्तिष्कमा पाइने मेम्बे्रन एन ३ र एफएएसको लागि माछा निकै राम्रो मानिन्छ । यसका साथै माछा बुढापाका उमेरका मानिसहरुको लागि पनि निकै राम्रो मानिन्छ ।

किनकि पाका उमेरका व्यक्तिहरुमा डिमेंशिया जस्ता भुल्ने रोगको विरामी हुने गर्दछ । यस्ता रोगलाई पनि माछाको सेवनले कम गर्छ । एक अनुसन्धानका अनुसार गर्भवती आमाहरुले माछाको सेवन गरेमा शिशुको दिमागको विकासमा सहयोग गर्छ ।

तनाव कम गर्छ

माछाको सेवनले शारीरिक स्वास्थमा मात्रै फाइदा गर्दैन । यसले मानसिक स्वास्थ्यमा पनि फाइदा गर्छ । एक अनुसन्धानको अनुसार सधैँ माछा खाने व्यक्तिहरुमा मानसिक स्वास्थ्यसम्बन्धी रोग हुँदैन । साथै माछाले तनाव, एनजाइटीजस्ता समस्यालाई पनि कम गर्छ ।

मुटुसँग सम्बन्धित बिरामीहरु

मुटुसँग सम्बन्धि विरामीहरुको लागि पनि माछा निकै राम्रो हुन्छ । यसमा पाइने ओमेगा ३ फ्याटी एसिडले मुटुलाई मजबुट बनाउँछ । ओमेगा ३ ट्राइग्लिसराइड्सको लागि पनि निकै राम्रो मानिन्छ ।

दमका लागि फाइदाजनक

एक अनुसन्धानको अनुसार माछामा एन ३ तेल पनि पाइन्छ । जुन तेलले दमको जोखिमलाई कम गर्छ । यसका साथै आन्द्रा सुन्निने, पखाला, छालाको एलर्जी लगायतका रोगका बिरामीहरुको लागि पनि लाभदायक मानिन्छ ।

आँखाका लागि लाभदायक

माछामा पाइने ओमेगा ३ फ्याटी एसिडले आँखाको ज्योति बढाउन पनि मद्दत गर्छ । आँखाको रेटिनाको लागि दुई वटा ओमेगा ३ फ्याटी एसिड चाहिन्छ जुन साल्मन, टुना र ट्राउट जस्ता माछाहरुमा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?