काठमाडौँ– क्यान्सरसँग जुधिरहेकी भारतीय अभिनेत्री हिना खान यतिबेला अस्पतालमा उपचार गराइरहेकी छिन् । केही दिनअघि उनले अस्पतालमा एक हातमा युरिन र अर्को हातमा ब्लड ब्याग बोकेको तस्वीर फ्यानमाझ शेयर गरेकी थिइन् ।
स्टेज ३ क्यान्सरसँग जुधिरहेकी हिनाले सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै आफू केही दिनयता मानसिक र शारीरिक रुपमा सोचमग्न रहेको बताएकी छिन् । साथै उनले आफू क्यान्सरसँग लडिरहेको बताएकी छिन् ।
‘ये रिश्ता क्या कहलाता है’ सिरियलमा अभिनय गरेर चर्चामा आएकी हिना सानो पर्दाका दर्शकमाझ लोकप्रिय छिन् ।
हालै उनले अस्पतालमा किमोथेरापिकै क्रममा खिचिएको एक तस्वीर सेयर गरेकी थिइन् । अस्पतालकै पहिरनमा देखिएकी उनको कपाल समेत काटिएको छ । तस्बिरसँगै हिनाले लेखेकी थिइन्, ‘म निको हुने यी करिडोरहरूबाट उज्यालो पक्षतिर हिँडिरहेकी छु ।’
हिनाका फ्यानले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘तपाईंको अर्को पोस्ट मैले क्यान्सरलाई हराएँ भन्ने आउनेछ । ख्याल गर्नू ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया