मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित टिकटकर आयुषसिंह र एलिजे बुलिङ नरोकिँदासम्म टिकटकमा नआउने

काठमाडौँ – चर्चित टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीले आफूहरु माथि साइबर बुलिङ भएपछि टिकटकबाट ब्रेक लिएको उल्लेख गरेका छन् । इन्स्टाग्राममार्फत आफूहरूमाथिको बुलिङ नरोकिँदासम्म टिकटकमा नआउने उनीहरुले जनाएका छन् ।

अहिलेलाई टिकटक एकाउन्ट डिएक्टिभेट गरेको चर्चित टिकटकर एलिजेले इन्स्टाग्राममार्फत जनाएका छन् । केही दिन अघिदेखि आयुषकी आमा नानुसिंह ठकुरीसँगको कुरालाई लिएर उनीहरु सामाजिक संजालमा आलोचनाको केन्द्र विन्दु बनेका छन् । ब्यापक ट्रोल बनेपछि उनीहरु सोमबारदेखि टिकटकबाट गायब भएका थिए ।

टिकटकमा गायब भएको केही घण्टामै इन्स्टाग्राममार्फत उनीहरु सक्रिय छन् । इन्स्टाग्रामको च्यानलमा लाइभ आउँदै एलिजेले फ्यानसँग अन्तक्रिया गरेकी छन् । उनले अडियो सन्देश पनि पठाइएकी थिइन्।

इन्स्टाग्राममा एलिजे भनेका कुरा यस्तो छ :

हामीले आफ्नो टिकटक एकाउन्ट डिएक्टिभेट गरेका छौं । कुनै कारणबिनै धेरै नकारात्मकता फैलिएको छ । वास्तवमा कुनै कारण छैन । म यहाँ परिवारसँग छु र म मानसिक शान्ति चाहन्छु । अहिलेलाई मैले टिकटकबाट ब्रेक लिएकी छु । म लाइभमा आउने प्रयास गर्छु तर अहिलेलाई एकाउन्ट डिएक्टिभेट गरेकी छु । बुलिङ राम्रो कुरा होइन भन्ने कुरा तपाईंहरुले थाहा नपाउँदासम्म म टिकटकमा आउँदिन । आशा गर्छु, तपाईंहरु सबैले मेरो कुरा बुझ्नुभयो होला । सबैलाई प्यार छ । मैले शान्ति चाहन्छु भन्ने कुरा तपाईंहरुले बुझ्नुपर्छ । बुलिङ राम्रो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?