काठमाडौँ- जाडो सुन्तलाको सिजन हो । चिसोयाममा पारिलो घाम ताप्दै सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । सुन्तला स्वादमा मिठो हुनुको साथै यसका धेरै फाइदा पनि छन् । सुन्तला एउटा स्वादिष्टका साथै स्वास्थ्यको लागि फाइदाजनक फल पनि हो ।
सुन्तलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै अन्य धेरै लाभ प्रदान गर्दछ ।
सुन्तला भिटामिन सी मात्र होइन, भिटामिन ए, बी १, क्याल्सियम, पोटासियम र फस्फोरसको पनि राम्रो स्रोत हो । जाडोको मौसममा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, जसले गर्दा हामीलाई रुघा, खोकी र फ्लू जस्ता समस्याहरूको सामना गर्नुपर्छ । सुन्तला यी समस्याबाट बच्न एक उत्कृष्ट फल हो ।
पोषक तत्वले भरिपूर्ण यो फलको गुणले जाडोमा शरीरलाई आवश्यक ऊर्जा र रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । यसबाहेक जाडोमा धेरै मानिसले पानीको कमीको पनि सामना गर्छन्, जसले डिहाइड्रेशन हुन सक्छ । सुन्तला पानीको उच्च स्रोत हो, जसले शरीरमा पानीको कमीलाई पूरा गर्छ र हाइड्रेशन कायम राख्छ । यसकारण आज हामी यसको सेवनबाट मिल्ने फाईदाहरुको विषयमा जानकारी गराउँछौ ।
रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ
सुन्तलामा पाइने भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले जाडोको मौसममा हुने रुघा, खोकी र ज्वरो जस्ता समस्याबाट बचाउँछ ।
छालालाई निखार्छ
भिटामिन सी र एन्टिअक्सिडेन्टले भरिपूर्ण सुन्तलाले छालाको हेरचाहमा मद्दत गर्छ । यसले छालामा कोलाजन बढाउन मद्दत गर्छ, जसले छाला जवान र चम्किलो रहन्छ ।
मुटुको स्वास्थ्यको लागि फाइदाजनक
सुन्तलामा पोटासियम र फाइबर हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न र मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया