काठमाडौँ– बाल साहित्यका अग्रज स्रष्टा नूपुर भट्टराई र चित्रकार तथा लेखक अशोकमान सिंहलाई बालवाङ्मय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
बालवाङ्मय तथा अनुसन्धान केन्द्रले भट्टराईलाई ‘साहित्य सृष्टि वाङ्मय साधना सम्मान’ र सिंहलाई ‘केके बालवाङ्मय चित्राकंन पुरस्कार’ समान गर्ने निर्णय गरिएको हो । यी दुवै पुरस्कार क्रमशः बाल साहित्यकार एवम् लेखक प्रमोद प्रधान र चित्रकार केके कर्माचार्यले स्थापना गरेका हुन् ।
त्यसैगरी २० वर्षमुनिका लेखहरुबाट लेखिएका पुस्तकहरु मध्ये अर्चितबाबु मर्सीफूलको पुस्तक ‘मेघमानव’लाई ‘राकुपा बालवाङ्मय बालपुस्तक पुरस्कार’ र शान्ति सापकोटाको पुस्तक ‘मङ्की माइन्ड’लाई ‘जयहिरा बालवाङ्मय किशोर साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ ।
दुवै पुस्कारहरु क्रमशः लेखक रामकुमार पाँडे र सिर्जना शर्माले स्थापना गरेका हुन् ।
पुरस्कार तथा सम्मान पुस २५ गते केन्द्रको वार्षिक उत्सवका अवसरमा राजधानीमा गरिने कार्यक्रममा अर्पण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया