मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माछाको सेवनले मिल्छ स्वास्थ्यमा यस्तो फाइदा

काठमाडौँ– विश्वभर नै माछा खाने प्रचलन छ । हुन त मासुको तुलनामा माछा कममात्रै खाने गरिन्छ । काँडा हुने भएकाले मान्छेहरु खासै माछा खान रुचाउँदैनन् । तर माछा सबैभन्दा स्वास्थ्यकर खानेकुरा मध्ये एक हो । माछामा हाम्रो शरीरलाई आवश्यक कैयौँ प्रकारका पोषक तत्वहरू हुन्छन् ।

यसमा हाई क्वालिटीको प्रोटिनको साथमा ओमेगा–३ फ्याटी एसिड, भिटामिन डी, भिटामिन बी २, आइरन, जिंक, आयोडिन, म्याग्नेसियम र पोटासियम जस्ता पौष्टिक तत्व पाइन्छ । माछा मुटुको स्वास्थ्यका लागि पनि निकै राम्रो खानेकुरा हो । यसको सेवनले डिप्रेसन, टाइप १ मधुमेहजस्ता स्वास्थ्य जोखिमबाट पनि बच्न सकिन्छ । 

यस्ता छन् माछा सेवनका फाइदाहरु

अनुसन्धानका अनुसार माछामा ओमेगा–३ फ्याटी एसिड हुन्छ । माछा मानव मस्तिष्कमा पाइने मेम्ब्रेन एन–३ एफएएसका लागि पनि निकै राम्रो मानिन्छ । माछाले वृद्धवृद्धाहरूमा हुने डिमेन्सिया जस्ता बिर्सने रोगलाई पनि भगाउन सक्छ । गर्भधारणको समयमा माछा खानु राम्रो हुने अध्ययनले देखाएको छ ।

माछा खानु शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यका लागि पनि राम्रो हो । दिनहुँ माछा खाने मान्छेलाई मानसिक स्वास्थ्यसँग जोडिएको कुनै पनि बिमारी नहुने केही अध्ययनले देखाएका छन् । माछाले तनाव, चिन्तालाई पनि कम गर्ने बताइन्छ ।

मुटुका बिरामीका लागि पनि माछा निकै फाइदाजनक छ । यसमा पाइने ओमेगा–३ फ्याटी एसिडले मुटुलाई बलियो बनाउँछ । ओमेगा–३ ले ट्राइग्लिसराइड्सको खतरालाई कम गर्छ । माछामा एन–३ तेल पाइने अध्ययनले देखाएका छन् । यसले दमको जोखिम कम गर्छ ।

दमको साथसाथै माछा क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज अर्थात् सीकोपीडी र आन्द्रा सुन्निने रोग भएकाहरूका लागि पनि राम्रो मानिन्छ । विज्ञहरूका अनुसार माछामा पाइने ओमेगा–३ फ्याटी एशिड आँखाको ज्योति चम्काउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?