काठमाडौँ– कालिकास्थानस्थित सर्वनाम थिएटरमा गजल स्रष्टाहरुले ग्राण्ड महफिलमा निकै उत्कृष्ट गजल वाचन गरेर माहोललाई तताएका छन् ।
हरेक २ महिनामा हुँदै आएको ग्रान्ड महफिलको यो सिजन–२ अन्तर्गत १३औं शृंखलामा गजलकारहरू राधा कणेल, बिटु केसी र राम अविरल बिष्टले आ–आफ्नो गजलहरु प्रस्तुत गरेका थिए । गजलकार तथा अभियन्ता बाबु त्रिपाठीले सहजीकरण गरेको महफिलमा गजलकारले ८/८ वटा गजल प्रस्तुत गरेका थिए ।
सबै गजलहरुमा सामाजिक, राजनीतिक विसङ्गति र विकृतिविरुद्ध प्रहार थियो । कार्यक्रममा कवि दीप दर्पणको नवीनतम कविता कृति ‘एक्लो पृथ्वी, एक्लो मान्छे’माथि परिचर्चा समेत गरिएको थियो । कार्यक्रममा दुई सयको हारहारीमा गजलप्रेमीहरु सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया