मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विष्णु पादुकाको कथा ‘माग्युद् खोना’लाई एक लाखको पुरस्कार

काठमाडौँ– बाह्रखरी मिडियाको १२खरी कथा प्रतियोगितामा विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले एक लाखको पुरस्कार प्राप्त गरेको छ ।

यस वर्षको कथा लेखन प्रतियोगितामा कथाकार पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम हुँदै एक लाख रुपैयाँको पुरस्कार जितेको हो । यस्तै, कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा छैटौँ संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता—२०८१’को नतिजा सार्वजनिक गरेको हो ।

प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण समेत गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकको लोकार्पण गरे । उनले प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट सबै २५ कथाकारहरूलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

१२खरीले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा.डा. ज्ञानू पाण्डे संयोजक रहेकी थिइन् भने साहित्यकारहरू डा.गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य मण्डलमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?