मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरद ऋतुमा हिमाल चढ्न एक हजार दुई सय ९४ जनाले लिए अनुमति

काठमाडौँ- शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन् ।

यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए । उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका चार सय एकासीले अनुमति लिएका छन् ।

यस्तै मनास्लु हिमाल आरोहणमा २८ आरोही समूहका तीन सय आठ, हिम्लुल आरोहणका लागि १२ आरोही समूहका एक सय ४४ तथा धौलागिरीमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन् ।

हिमाल आरोहणवापत रु आठ करोड ५८ लाख ८३ हजार चार सय ४६ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । मनास्लु र हिम्लुङको आरोहण सकिएको छ । अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?