मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्तमले ल्याए लोक तथा दोहोरी गीत ‘पानबुट्टे चोलीमा’ (भिडियो)

काठमाडौँ– गायक उत्तम पौडेल (अनन्त) ले पानबुट्टे चोलीमा बोलको गीत सार्वजनिक गरेका छन् । गायक पौडेल र सुनीता बुढा क्षेत्रीको आवाजमा सजिएको उक्त गीत बुधवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा चर्चित कोरियोग्राफर तथा मोडल सुनील क्षेत्री र करिष्मा ढकालको अभिनय देख्न सकिन्छ । छमछमी नाच्न मिल्ने उक्त गीतमा विष्णु भट्टको शब्द र संगीत रहेको छ भने विनोद बाजुरालीको एरेन्ज रहेको छ ।

गायक पौडेलले यो गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । आगामी दिनमा पनि अरु थप कोशेली ल्याउने उनले बताए ।

पौडेलले दर्शकका लागि यो पहिलो कोशेली भएको र रिलिजपछि सकारात्मक प्रतिक्रिया पाएको बताए । ‘यो श्रृङ्गारिक कोशेलीलाई दर्शकले रुचाउनुभएको छ । लोक संगीतका क्षेत्रमा पनि केही गरौँ भन्ने लागेर दर्शकमाझ पहिलो कोशेली ल्याएको हुँ । दर्शकको मायाले खुशी लागेको छ ।,’ उनले भने ।

प्रेमका भाव झल्किएको गीतको भिडियोलाई सुनील क्षेत्रीको निर्देशन रहेको छ भने अमृत चापागाईँको भिडियो सम्पादन रहेको छ । गीतलाई मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

हेर्नुस् भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?