काठमाडौँ– आगामी संस्करणको मिस वल्र्डमा नेपालको तर्फबाट ‘मिस नेपाल–२०२३’ सृच्छा प्रधानले लगाउने पहिरन सार्वजनिक भएको छ ।
मिस नेपाल आयोजक द हिडन ट्रेजरले बुधबार सृच्छाको तस्वीरसहित उक्त पहिरन सार्वजनिक गरेको हो । द हिडन ट्रेजरका अनुसार फेसनसँगै पर्यावरण र वातावरणमैत्री बनाउन उक्त पहिरन मलमल कपासबाट तयार गरिएको छ।
एमपी प्रोडक्सनको अवधारणा र निर्देशनमा उक्त पहिरन तयार गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया