मनतातो पानी, ग्रीन टि वा कागती पानी पिइसकेपछि धेरैले दिनको आरम्भ गर्छन्। खाली पेट प्रशस्त पानी खादा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ।
यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ। तपाईँलाई एक बिहानै शौच आउँदैन भने कम्तीमा दुई गिलास मन तातो पानी खाली पेट खाँदा खुलेर शौच आउँछ। यसबाहेक यो बानीका धेरै फाइदा छन् ।
शरीरका विकार फालिदिन्छ
तपाई बाथरुम जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ। जति धेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ।
भोक बढाउँछ
नियमित खाना खानु महत्त्वपूर्ण हुन्छ। तर भोक लागेन भने के गर्ने ? खाली पेट पानी पिउँदा तपाईँको भोग जाग्छ। बिहान उठ्ने बित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस् तपाईँलाई भोक लागिरहन्छ।
टाउको दुख्नबाट बचाउँछ
मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण पर्याप्त पानी नपिउनु हो। डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो। तसर्थ बिहान उठ्नेवित्तिकै पानी खानु भयो भने यो समस्याबाट मुक्ति मिल्छ। टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य ब्याक्टेरियाको सङ्क्रमणबाट जोगाउँछ।
कोलोन सफा गर्छ
पानी पिउँदा कोलोन सफा गरिदिन्छ। एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ। कोलोन सफा भएमा शरीरलाई आवश्यक पोषक तत्त्व शोषण गर्न सहयोग पुर्याउछ। तपाईँको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरीर नै स्वस्थ हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया