मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘तुइन जिन्दगी’माथि विमर्श

काठमाडौँ– साहित्यकार डा.रेणुका सोलुको संस्मरणात्मक निबन्धसङ्ग्रहको विमर्श भएको छ । हालै मात्र सार्वजनिक भएको कृतिको दोस्रो संस्करण समेत बजारमा आइसकेको छ ।

शनिबार कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा गरिएको समारोहमा प्राडा रामप्रसाद ज्ञवाली, प्रा.डा. ज्ञानु पाण्डे, शान्ति रिसाल लगायतको सहभागितामा कृतिबारे विमर्श गरिएको हो ।

कृतिमाथि ज्ञवाली, प्रा.डा. ज्ञानु पाण्डे र रिसालले आ–आफ्नो धारणा राखेका थिए । वक्ताहरुले कृतिले सामाजिक तथा लैङ्गिताको बहसलाई अगाडि ल्याएको सुनाए ।

साहित्यकार रिसालले ‘तुइन जिन्दगी’ मा नारीहरूको सङ्घर्ष र त्यसको महिमालाई मिहिन रुपमा प्रस्तुत गरिएको सुनाइन् । त्यस्तै, प्रा.डा. ज्ञवालीले पितृसत्तात्मक संरुचना र नारी संघर्षको कथालाई राम्रोसँग अभिव्यक्त गरेको बताए ।

प्रा.डा. पाण्डेले भने जीवनका सङ्घर्ष, सफलताका कथाहरुमा कृतिमा रहेको बताइन् । डा. सोलु आफ्नो पछिल्लो कृतिप्रति पाठकहरुले देखाएको अभिरुचीप्रति आभार व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, तुइन जिन्दगी पुस्तकका प्रकाशक भुँडी पुराण प्रकाशनका अध्यक्ष केशव पराजुली, समाजसेवी विष्णुप्रसाद तिमिल्सिना, चन्द्र बहादुर खत्री, बलबहादुर थापा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?