मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दमको समस्या भएका व्यक्तिहरूले सेवन गर्नुहोस् यस्ता खानेकुरा 

श्वासप्रश्वाससँग सम्बन्धित रोग दमले विशेषगरी उमेर ढल्किएका व्यक्तिहरूलाई सताउने गर्छ । 

दमका कारण मानिसहरूलाई बोल्न,हिँड्न र खान समेत सकस भइरहेको देखिन्छ । दमले श्वासप्रश्वास नलीलाई साँघुरो तथा सुन्निएर श्वास फेर्न गाह्रो हुन्छ ।

यो इन्हेलर प्रयोग गरेर कम गर्न सकिन्छ । यस्तै विभिन्न किसिमका फलफूल तथा हरियो सागपात खानाले यो समस्या कम गर्न सकिने देखिएको छ ।

आज हामी दमको समस्या भएका मानिसहरूलाई राहत मिल्ने खानेकुराका सन्दर्भमा जानकारी गराउँछौ । 

मरीच   

मरीचमा भिटामिन सी, एन्टिअक्सिडेन्टलगायत हुन्छ । यसले स्वास्थ्यलाई धेरै राम्रो गराउँछ ।

अनार

अनार फाइबरयुक्त हुन्छ । त्यस्तै भिटामिन सी, भिटामिन के तथा एन्टिअक्सिडेन्ट हुनाले कोशिकाहरू बिग्रनबाट जोगाउँछ ।

स्याउ

यो फाइबर र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसले मोटोपन घट्ने, मधुमेहको जटिलता कम गर्ने, मुटुरोग तथा क्यान्सरबाट समेत जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ । 

अदुवा

अदुवामा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसले तनावलाई सन्तुलन गर्नमा समेत सहयोग गर्छ । यसले उच्च रक्तचाप, मुटुरोग, कलेजोलगायतका रोगमा पनि लाभ दिन्छ ।

सुन्तला

भिटामिनले भरिपूर्ण सुन्तला स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसमा मिनरल्स, एन्टिअक्सिडेन्ट लगायतका पोषक तत्व पाइन्छ । यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ । यसकारण दमका बिरामीहरूका लागी सुन्तला लाभदायक हुन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?