मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्किन टोनअनुसार यसरी छानौँ लिपस्टिक

काठमाडौँ – सुन्दर देखिन कसलाई मन पर्दैन र ? सायद यही कारणले गर्दा आकर्षक देखिनको लागि बजारमा धेरै प्रकारका सौन्दर्य उत्पादनहरू उपलब्ध छन् । यी सौन्दर्य उत्पादनहरूमा महिलाको पहिलो रोजाइमा लिपस्टिक पनि समावेश छ । 

महिलाहरू त्यही लिपस्टिक किन्छन्, जो उनीहरूलाई मन पर्छ । आफ्नो स्किन टोनमा कस्तो लिपस्टिक सुट गर्छ भनेर कमैले मात्रै ख्याल गर्छन् । स्किन टोन र लिपस्टिकसँगै तपाईँले आफ्नो आउट फिट पनि मेकअपसँग म्याच गरे/नगरेको ध्यान दिनुपर्छ ।

रातो : गोरो छालामा रोयल रेड सेडको लिपस्टिक सुहाउँछ । त्यस्तै, गहुँगोरो छालामा वाइन रेड म्याच गर्छ । 

मोव : मोटो ओठ भएकाले मोव सेड्सको लिपस्टिक खरिद गर्दा राम्रो हुन्छ । किनकि, मोव सेड चम्किलो हुन्छ । पार्टी वा विशेष कार्यक्रममा जाँदा यस्तो लिपस्टिकले सुन्दर देखाउँछ । 

सफ्ट पिंक : डार्क सेडको लिपस्टिक लगाउन मन पर्छ भने सिम्पल र सोबर लुक्सका लागि सफ्ट पिंक सेडको लिपस्टिक लगाउँदा हुन्छ । 

बेरी : नाइट पार्टी वा कुनै विशेष समारोहमा जाँदा मानिसहरू आकर्षक देखिन चाहन्छन् । पातलो ओठमा बेरी सेडको लिपस्टिक लगाउँदा महिलालाई निकै सुहाउँछ । 

गुलाबी : यदि तपाईँलाई हेभी मेकअप मन पर्दैन भने गुलाबी रङको लिपस्टिक लगाउन सक्नुहुन्छ । गुलाफी लिपस्टिकका धेरै सेड छन् । सिम्पल लुक्सका लागि लाइट रोज सेड लिपस्टिक लगाउनुस् । 

न्युड : आँखाको मेकअपमा स्मोकी लुक्स दिएर हाइलाइट गरिएका वेला ओठमा न्युड सेड लिपस्टिक राम्रो हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?