मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहान ब्रस नगरी पानी पिउँदा के हुन्छ ?

के ब्रस नगरी पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक छ ?

बिहान ब्रस नगरी पानी पिउनु स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक हुने गर्दछ । ब्रस गर्नुअघि पानी पिउनुभयो भने मुखमा ब्याक्टेरिया जम्मा हुँदैन ।

मुखमा हुने कीटाणु र ब्याक्टेरिया राति बढ्छ, यदि तपाईँले बिहान ब्रस गर्नुअघि पानी पिउनुभयो भने तपाईँको मुख कीटाणुमुक्त हुन्छ र त्यसपछि ब्रस गर्नु बढी फाइदाजनक हुन्छ ।

ब्रस गर्नुअघि पानी पिउनुका फाइदाहरू:

–बिहान ब्रस गर्नुअघि पानी पिउनाले पाचन प्रणालीलाई मजबुत बनाउँछ भन्ने मानिसहरूको विश्वास छ । यसबाहेक मुखमा ब्याक्टेरिया जम्मा हुँदैन ।

–यदि तपाईँलाई उच्च रक्तचाप र मधुमेह छ भने तपाईँले बिहान पानी पिउनुपर्छ । यसका साथै बिहान खाली पेट ब्रस नगरी पानी पिउनाले पनि मोटोपना कम हुन्छ ।

–चाँडै चिसो लाग्नेहरूले बिहान खाली पेटमा ब्रस नगरी पानी पिउँदा फाइदा हुने गर्दछ ।

–ब्रस नगरी पानी पिउनाले कपाल बलियो र चम्किलो हुन्छ र छालामा पनि चमक रहन्छ । यसबाहेक कब्जियत, मुखमा अल्सर, काँचो डकार लाग्ने जस्ता पेटसँग सम्बन्धित समस्या हुँदैन ।

–बिहान मुख सुख्खा हुने समस्याका कारण बिहान उठेर पानी पिउनाले सास गन्हाउने समस्याबाट बच्न सकिन्छ । मुख सुख्खा हुने समस्या र्‍याल उत्पादन कम हुँदा हुन्छ । मुखमा रहेको ब्याक्टेरिया हटाउन र्‍याल आवश्यक हुन्छ तर सुत्ने बेलामा र्‍यालको मात्रा कम हुँदा मुखमा ब्याक्टेरिया बढ्छ, जसका कारण मुखबाट दुर्गन्ध आउँछ, त्यसैले बिहान ब्रस गर्नुअघि पानी पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?