मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता समस्याहरू भइरहेका छन् भने हुनसक्छ मुखको क्यान्सर !

हामीले हाम्रो मुखको स्वास्थ्य अवस्था प्रति एकदम चनाखो रहन आवश्यक छ । किनकि हामी बाच्ने आधार नै मुख हो । हामीले खानेकुरा खाने चपाउने प्रमुख अङ्ग हो मुख ।

यसकारण पनि मुख सफा र स्वस्थ रहन अति जरुरी छ । तर हाम्रा  सानातिना बेवास्ताका कारण मुखमा घातक रोग पनि लाग्न सक्छ । बेवास्ताकै कारण मुखको क्यान्सर समेत हुनसक्छ । 

यसकारण आज हामी के–कस्ता लक्षण देखिए मुखको क्यान्सर हुन्छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ । 

–    मुखमा दाग, धब्बा देखिनु

–    स्वाद फरक पाउनु

–    घाटीमा गिर्खाहरू देखा पर्नु

–    मुखमा नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु

–    खान, निल्न, पिउन अप्ठ्यारो हुनु

–    मसलादार खाना खाँदा पोल्नु

–    मुखमा घाउ, खटिराको आकार बढ्दै जानु र

–   र्‍याल बढी आउनु  

माथि उल्लेख गरिए अनुसारका यस्ता केही लक्षणहरू देखा परेमा तपाईँलाई क्यान्सर हुने सम्भावना रहने हुँदा यस्तो अवस्थामा तुरुन्त  चिकित्सकसँग परामर्श लिनुहोला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?