मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हङकङ सिक्सेसमा आज नेपालले इङल्याण्डविरुद्ध खेल्दै

काठमाडौँ – नेपालले आज हङकङ सिक्सेस अन्तर्गत पहिलो खेल खेल्दै छ । हङकङको मोंग कोकस्थित स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ७: १० बजेदेखि शुरु हुने छ ।

क्यानले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टिम यस प्रतियोगिताका लागि हङकङ पठाएको छ । जसमा जोरासहित नारायण जोशी, प्रतिष जिसी, राशिद खान, लोकेश बम, बिबेक यादव र दिपेन्द्र रावत रहेका छन् । साथै प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

त्यस्तै इङल्याण्डको टिममा रवि बोपारा (कप्तान), एड बरनार्ड, इथान ब्रूक्स, जेम्स कोल्स, एलेक्स डाभेज, समित पटेल र जोर्डन थम्पसन रहेका छन् ।

५ ओभरमा खेलिने यस प्रतियोगितामा १२ देशले भाग लिँदै छन् । नेपाल भने पूल बी मा अस्ट्रेलिया र इङल्याण्डसँग रहेको छ ।  त्यस्तै नेपालले दोस्रो खेल नोभेम्बर २ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगिताको पुल ए मा हङकङ, न्यूजील्याण्ड र दक्षिण अफ्रिका रहेका छन् भने पुल सी मा भारत, पाकिस्तान र युएई तथा पुल डी मा बङ्गलादेश ओमान र श्रीलंका रहेका छन् ।

एक टिममा ६ जनाले खेल्ने यो प्रतियोगिताको खेल ५ ओभर खेलाइन्छ । यस अघि ८ देशले भाग लिने गरेकोमा यस पटक १२ देशलाई सहभागी गराइएको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?