काठमाडौँ– साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा बङ्गलादेशले जीत हासिल गरेको छ । नेपाल र बङ्गलादेशबीच भएको खेलमा नेपाल उपविजेतामा सीमित भएको छ ।
दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २–१ को अग्रता लिएको हो । यसअघि बंगलादेशले नेपालविरुद्ध १–० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो ।
खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् ।
योसँगै बंगलादेशले लगातर दोस्रो पटक साफको उपाधि जितेको छ । बंगलादेशले २०२२ को साफ फाइनलमा पनि नेपाललाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । त्यस्तै नेपालले भने यो सहित छैटौं पटक साफको फाइनलमा पराजित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया