मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ – साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बङ्गलादेश भिड्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।

यसपटक फाइनल खेल २०२२ को साफ महिला फाइनल दोहोरिएको छ । बङ्गलादेश र नेपाल खेलको सो फाइनल बङ्गलादेशले १-० ले नेपाललाई पराजित गरेर उपाधि जितेको थियो ।

नेपाल र बङ्गलादेशबीच अहिलेसम्म कुल १२ खेल भएका छन् । जसमा नेपालले अहिलेसम्म ६ खेल जितेको छ भने एक खेल मात्र हारेको छ । त्यस्तै ५ खेलमा बराबरी खेलेको छ ।

यस फाइनल खेलमा सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेलको अनुपस्थिति नेपाली टिमलाई खड्किने देखिन्छ । रेखाको स्थानमा नेपालले सावित्रा भण्डारीसँगै रश्मी घिसिङलाई खेलाउन सक्ने देखिन्छ ।

साफ खेल्ने नेपाली महिला टिम 

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डर: गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डर: रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड: रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र  सावित्रा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?