मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यमलले जिते उत्कृष्ट युवा खेलाडीको अवार्ड

काठमाडौँ– बार्सिलोनाबाट खेल्ने स्पेनिस युवा खेलाडी लामिन यमलले यस बर्षको उत्कृष्ट युवा खेलाडी ‘कोपा ट्रफी’ जितेका छन् ।

फ्रान्स फुटबल फेडेरेसनले गरेक बर्ष दिने यो अवार्ड यस बर्ष यमललाई दिइएको छ ।

युरोकपमा स्पेनलाई विजेता बनाउन खेलेको भूमिका र बार्सिलोनामा उनले गरेको प्रदर्शनका लागि यो अवार्ड दिइएको हो ।

१७ बर्षिय यमलले बार्सिलोनाकै सहकर्मी गाभी र पेड्रीको पदचिन्हलाई पछ्याउदै यो अवार्ड जितेका छन् । अघिल्लो बर्ष यो अवार्ड इङल्याण्डका जुडे बेलिङघमले जितेका थिए ।

यमलले टर्कीका आर्दा गुलेरलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?