मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सङ्खुवासभामा मादलको व्यापार घट्दो

काठमाडौँँ- सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ ।

चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री सुरु भए पनि व्यापार भने घट्दो छ ।

एउटा मादलको मूल्य तीन हजारदेखि १५ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरकफरक पर्दछ । मादल व्यवसाय गर्दै आएका भोजपुर षडानन्द नगरपालिका–६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि पछिल्लो वर्षहरुमा व्यवसायमा निराशा आएको बताए ।

केही वर्षअघिसम्म ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाच गान गर्ने चलन थियो । तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउसी भैलो खेल्नेको थुप्रै समूह पाइन्थ्यो । तर आधुनिकतासँगै विद्युतीय बाजाको प्रयोग बढ्न थालेपछी मादलको महत्व कम हुँदै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?