मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लिग-२ मा नेपालको हारको सिलसिला जारी, अमेरिकासँग ३ विकेटले पराजित

काठमाडौँ – नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ४, सोमपाल कामीले २ र ललित राजवंशीले एक एक विकेट लिएका थिए । 

यस अघि नेपालले टस हरेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आऔत हुदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।

योसँगै नेपालको विश्वकप लिग-२ मा सातौँ हार बेहोरेको छ । अहिलेसम्म ९ खेलमा ७ हार बेहोरेको नेपाल केवल ३ अंकसहित सातौँ स्थानमा छ ।

त्यस्तै अमेरिकाले भने सातौँ जित हासिल गरेको छ । यो जितपछि अमेरिकाको १० खेलमा १४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।

अब सिरिजमा अर्को खेल मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?