मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुटानलाई ७-१ ले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ – बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा बंगलादेशले ५-१ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो ।

बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ गोल र ऋतु पुर्ण चक्माले एक गोल गरेकी थिइन् । त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरेकी थिइन् ।

डिफेन्डिङ च्याम्पियन्स समेत रहेको बंगलादेश लगातार दोस्रो पटक साफको फाइनलमा पुगेको छ । अब बंगलादेशले आज हुने दोस्रो सेमिफाइनलको नेपाल र भारतबीचको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल बुधबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?