मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रोनाल्डोकी प्रेमिका जर्जिना चार दिन अस्पतालमा भर्ना

काठमाडौ– विश्वप्रसिद्ध फूटबलर क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिगेजले सामाजिक सञ्जालमा आफ्नो निजी जीवनको एक संवेदनशील पक्ष सार्वजनिक गरेकी छिन् । उनको सामाजिक सञ्जालमा अस्पतालमा भएको फोटो हालै पोस्ट गरेको छ ।

उनी विगत दिनसम्म उपचाररत थिइन् । तस्वीरमा उनलाई फूलको गुच्छा छेउमा काम गरिरहेको देख्न सकिन्छ, जुन रोनाल्डोका छोरा क्रिस्टियानो जुनियरले पठाएका थिए । जर्जिनाको हातमा हालैको स्वास्थ्य समस्याका कारण आईभी राखिएको थियो ।

‘निमोनियाको उपचारपछि उनी चार दिनपछि घर फर्किएकी छिन्। अहिले म घरमा आराम गरिरहेकी छु र परिवारसँगै छु,’ उनले भनेकी छिन् । साथै उनले राम्रो उपचार पाएको भन्दै साउदी(जर्मन हेल्थ अस्पतालप्रति आभार व्यक्त गरेकी छिन् ।

अब जर्जिनाले केहीदिन घरमै आराम गर्दै क्रिस्टियानो जुनियर, एभा, माटेओ, अलाना मार्टिना र बेला एस्मेराल्डा गरी पाँच बच्चासँग समय बिताउने छिन् । चिकित्सकहरूले पूर्ण स्वास्थ्य लाभका लागि आराम, औषधि सेवन, र शरीरलाई पर्याप्त पानी पुर्याउनुपर्ने सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?