मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड स्टार शाहरुखले गौरीसँग किन गरेका थिए एकै दिन तीनवटा विवाह समारोह ?

काठमाडौँ– शाहरुख खान र गौरी खानले शुक्रबार अक्टोबर २५ मा आफ्नो ३३ औं विवाहको वार्षिकोत्सव मनाउँदैछन् ।

उनीहरुले ३३ वर्षअघि अक्टोबर २५, १९९१ मा नजिकका साथीहरू र परिवारका सदस्यहरूको मात्र उपस्थित मा विवाह गरेका थिए । विवाहअघि यी दुवै प्रेमसम्बन्धमा थिए । यी दुईले एकै दिनमा हिन्दू, मुस्लिम र कानुनी प्रक्रिया अनुसार विवाह समारोह सम्पन्न गरेका थिए ।

विवाह समारोहमा फिल्म निर्माता विवेक भासवानी पनि सहभागी थिए । जसले शाहरुखको करिअरको प्रारम्भिक समयमा उनलाई आफ्नो घरमा आश्रय दिएका थिए ।

विवेकले भारतीय युट्युबर सिद्धार्थ कन्ननसँगको कुराकानीमा भनेका छन्, ‘त्यो एक शानदार विवाह समारोह थियो । नजिकका आफन्तहरु मात्र बोलाइए पनि त्यतिबेला निकै रमाइलो भएको थियो । विवाह हिन्दू, मुस्लिम र कानुनी दर्ता गरी तीन परम्परा अनुसार एकै दिनमा भएको थियो ।’

विवेकले शाहरुखकै लागि १९९२ मा फिल्म ‘राजु बन गया जेन्टलम्यान’ निर्माण गरेका थिए । उनले शाहरुख र गौरीलाई विवाहको उपहार स्वरुप मुम्बईको होटल सन एन्ड स्यान्डमा पाँच दिनको बसाइँ व्यवस्थापन गरेका थिए ।

उनले भने,‘ राजु बन गया जेन्टलम्यानको टाइटल गीत छायांकन गर्नुपर्ने भएकाले विवाहपछि हामीले गौरीलाई सँगै दार्जिलिङ लग्यौं । जब तिनीहरू बम्बई फर्केपछि तिनीहरू मेरो घरमा बस्न असहज भयो । त्यसैले उपहारको रूपमा मैले तिनीहरूलाई सन एन स्यान्डमा पाँच दिन बस्न दिएँ । त्यसपछि तिनीहरू अजीज (मिर्जा)को घरमा सरे ।

यसअघि बीबीसीसँगको एक अन्तर्वार्तामा शाहरुखले फरक धर्मको केटीसँग विवाह गरेकै कारण केही व्यक्तिहरुले उनलाई अपमान गरेको बताएका थिए । उनका अनुसार कानुनी रुपमा अदालतबाट विवाह दर्ता गरेको कुरा केही व्यक्तिहरूले थाहा पाएपछि त्यसको विरोध गर्दै उनीहरुको विवाहमाथि नै प्रश्न उठाएका थिए ।

उनले भनेका छन्, ‘हाम्रो घरबाहिर विरोध प्रदर्शन गरेका थिए । भाग्यवस, मेरो नाममा त्यतिबेला घर थिएन । त्यसैले मैले साथीको ठेगाना दिएको थिएँ । त्यतिबेला साथीको घरमा प्रदर्शनकारीहरुले ढुङ्गा हानेका थिए । त्यसकारण हामीले हाम्रो विवाहलाई गोप्य रुपमा राख्नुपर्ने भएको थियो ।’

शाहरुख र गौरीको विवाह भएको ३३ वर्षमा उनीहरुका तीन सन्तान आर्यन खान, सुहाना खान र अब्राम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?