मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वकप लिग-२ को सिरिज आजदेखि, पहिलो खेलमा अमेरिका र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुँदै छ ।

नेपालसहित अमेरिका र स्कटल्याण्ड सहभागी यस सिरिजको पहिलो खेल आज अमेरिका र स्कटल्याण्डबीच हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । यो सिरिज एकदिवसीय फर्म्याटमा हुने खेलमा हुँदै छ ।

त्यस्तै नेपालको खेल भने आइतबार राति अमेरिका हुने छ भने दोस्रो खेल स्कटल्यान्डसँग बिहीबार खेल्ने छ भने नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ फेरि स्कटल्यान्डसँग खेल्ने तालिका रहेको छ ।

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ । लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ । नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ । जबकि एक खेल अनिर्णीत हुँदा अंक बाँडेको थियो ।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शीर्ष स्थानमा छ भने अमेरिका ८ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै चौथो स्थानमा छ ।

त्यस्तै स्कटल्याण्ड ७ खेलमा ९ अंक हासिल गर्दै पाँचौँ, ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौँ र नेपाल ८ खेलमा ३ अंक हासिल गर्दै सातौँ स्थानमा छ । त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?