मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पूर्वमोडलले लगाइन ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक पूर्वमोडेलले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । 

एक अन्तर्वार्तामा स्टेसी विलियम्सले सन् १९९० को दशकको सुरुवातमा ट्रम्प टावरमा रहेको ट्रम्प अफिसमा भएको उक्त घटनाको बारेमा विस्तृत कुरा गरेकी हुन् ।

विलियम्स त्यतिबेला २० वर्ष आसपासको उमेरकी थिइन् र त्यतिबेला उनले जेफरी एप्सटिनलाई डेट गरिरहेकी थिइन् ।

विलियम्सका अनुसार सन् १९९३ मा एप्सटिनले उनलाई ट्रम्पसँग भेटाउन ट्रम्प टावर लगेका थिए । अफिसबाहिर भेटेर स्वागत गरेका ट्रम्पले त्यसपछि उनलाई आफूतिर ताने ।

‘त्यसपछि उनको हात त्यहाँबाट हटेन,’ विलियम्सले भनिन्, ‘बिस्तारै ट्रम्पले आफ्नो हात मेरो स्तन, मेरो नितम्बमा पुर्‍याउन थाले । म स्तब्ध थिएँ । के भइरहेको छ भन्ने मैले बुझ्नै सकिनँ ।’

‘ट्रम्पले यसो गरिरहँदा उनी एप्सटिनसँग हाँसेर कुराकानी गरिरहेका थिए,’ उनले भनिन् । एप्सटिनलाई देखाउनकै लागि ट्रम्पले यस्तो हर्कत गरेको विलियम्सको दाबी छ ।

उक्त घटनाको केही दिनपछि ट्रम्पले विलियम्सको मोडलिङ एजेन्सीमा पाम बिचमा रहेको उनको मार–ए–लागो रिसोर्टको तस्वीरसहितको पोस्ट कार्ड पठाएका थिए । 

यता, ट्रम्पको अभियानले विलियम्सको आरोपको अस्वीकार गरेको छ । विलियम्स राष्ट्रपति पदकी उम्मेदवार रहेकी उपराष्ट्रपति कमला ह्यारिसको अभियानसँग जोडिएको अभियानको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?