मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल समुह बिजेता हुँदै साफको सेमिफाइनलमा पुग्यो

काठमाडौँ – नेपाल समुह विजेता हुँदै काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेता बनेको हो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए ।

यो जितपछि नेपालको समुह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समुह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन् । अब नेपालले सेमिफाइनलमा समुह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समुह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ । सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?