मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन हुन्छ गिजाबाट रगत आउने समस्या ? 

कहिलेकाहीँ हाम्रो गिजाबाट अनायासै रगत बग्ने गर्छ । केही खाँदा होस् या ब्रस गर्ने समयमा यस्तो समस्या देखा पर्छ । आखिर किन हुन्छ त यस्तो समस्या ?आज हामी यसै विषयमा तपाईँहरूलाई जानकारी गराउँछौ । 

गिजाबाट रगत आउने कारणहरू 

नियमित दाँत नमाझ्नु

हाम्रो मुखमा धेरै किसिमका जीवाणु हुन्छन्। जसमध्ये प्रोफाइनोमस इन्डोडेन्टल्स, ट्रेपोनेमा डेन्टिकोला र फ्रेटिब्याक्टेरियम एसपीपीहरू गिजा सम्बन्धी रोगमा धेरै पाइएको छ । दाँत सफा नगर्दा यस्ता जीवाणुहरू सक्रिय हुने गर्छन्। जसले गर्दा गिजा सुन्निने गर्छ र रगत आउने समस्या देखिन्छ ।

कडा ब्रसको प्रयोग गर्नु 

हामीले ब्रस त गर्छौँ तर कस्तो ब्रस प्रयोग गर्नुपर्छ ख्याल गर्दैनौ । गिजाको छाला पातलो हुने भएकोले कडा ब्रस र धेरै बल प्रयोग गर्दा गिजाको छालामा घाउ हुने र रगत आउने समस्या देखिन सक्छ ।

आहारमा भिटामिनको कमी

हामीले खाने आहारमा सही मात्रामा भिटामिन नपुग्दा यसको कमीले आउने गिजा सम्बन्धी समस्या निम्तिने गर्छ ।

वंशाणुगत रोग 

शरीरमा हुने वंशाणुगत रोग जस्तै हेमोफिलिया , वन विलब्रान्ड डिजिजले पनि गिजाबाट रगत आउने समस्या निम्ताउन सक्छ ।

नियमित औषधी सेवन 

मुटुका बिरामीलाई रगत पातलो गराउन प्रयोग हुने औषधि सेवनले गर्दा गिजाबाट रगत आउने समस्या देखिन सक्छ ।

यस्तो समस्याबाट बच्न अपनाउनुहोस् यस्तो उपाय 

गिजाबाट रगत बग्ने समस्या नहोस् भन्नका लागी खाना खाएपछि नियमित ब्रस गर्ने बानी बसाल्नुपर्छ । दुई दाँतको बीचको फोहोर सफा गर्न डेन्टल फ्लसको प्रयोग गर्नुपर्छ । अर्को कुरा भनेको ब्रस गर्दा नरम ब्रस प्रयोग गर्ने गर्नुपर्छ । ब्रसको माथिल्लो भागलाई ब्रसिङ सरफेस भनिन्छ ।

ब्रस गर्दा यो भाग आधि दाँत र आधि गिजामा पर्ने गरेर राख्नु पर्छ । ब्रस गर्ने भन्दैमा धेरै बल प्रयोग गरेर दाँत घोट्नु हुदैँन । यसैगरी धेरैलाई गिजाको मसाज बारे थान नहुन सक्छ । ब्रस गरेपछि सफा औंलाले गिजालाई मसाज गर्न सकिन्छ । यसो गर्दा गिजामा रगत को प्रवाह बढ्छ र रगत आउने समस्या कम हुँदै जान्छ । 

अर्को कुरा भनेको यो समस्या समाधानको लागी भिटामिन सी र के बढी मात्रामा पाइने खाने कुराहरूको सेवन गर्ने गर्नुहोस् । साथै हरेक ६ महिनामा एक पटक दाँत सफा गर्न डेन्टल भिजिट गर्ने  गर्नुपर्दछ । यस्ता कुराहरूलाई अपनाउनुभयो भने तपाईँले गिजाबाट रगत बग्ने गने समस्याबाट छुटकारा पाउनुहुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?